राजावादीको प्रदर्शनमा हस्तक्षेप : सप्तरीमा ब्यानर खोसेर आगजनी
प्रदेश २ स्थित सप्तरी जिल्लामा राजासहित हिन्दु राष्ट्र पुर्नस्थापनाको लागि सदरमुकाम राजविराजमा गर्न लागिएको कार्यक्रम बिथोलिएको छ ।
राजवादीहरुले प्रयोग गरेको ब्यानर समेत खोसेर आगजनी गरिएको छ ।
जनता समाजवादी पार्टी, नेपाली काँग्रेस र दाहाल-नेपाल समूहका नेकपा आवद्ध विद्यार्थीहरुले मंगलबार कार्यक्रम विथोल्दै र्यालीका लागि तयार गरिएको ब्यानर समेत जलाइएको छ ।
विभिन्न आन्दोलनपछि जनताले पाएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई समाप्त पार्न भइरहेको षड्यन्त्रको विरोध गर्दै विद्यार्थीहरुले राजावादीको र्याली विथोलिएका छन् ।
वर्षौदेखिको आन्दोलनपछि जनताले संघीय लोकतान्त्रिक गणतन्त्र पाएका हुन्, तर अहिले संघीय लोकतान्त्रिक गणतन्त्रलाई समाप्त अनेकौं षड्यन्त्र भइरहेको भन्दै जनता समाजवादी पार्टीआवद्ध विद्यार्थी नेता शम्भु यादवले आफुहरुले कदापी पनि स्वीकार्य नहुने बताए ।
अब उपरान्त पनि यस्ता खालका कुनै पनि गतिविधी गर्न नदिने र गर्न खोजे सशक्त रुपमा विरोध गर्ने विद्यार्थीहरुको अडान रहेको विद्यार्थी नेता किशोर कुमार यादव केसस्को भनाइ छ ।
सदरमुकाम राजविराजमा “राजा आउ देश बचाउ” भन्ने नाराका साथ जुलुस समेत प्रदर्शन गरिरहेका छन भने अर्कोतिर ठाउँ ठाउँमा ब्यापक मात्रामा प्रहरी परिचालन गरिएको छ ।