Logo
६ आश्विन २०८१, आईतबार
(December 22, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बदनियतका साथ संवैधानिक निकायमा पदाधिकारी सिफारिसविरूद्ध सर्वोच्चमा रिट

संवैधानिक परिषदले अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा गरेको नियुक्ति सिफारिसविरूद्ध सर्वोच्च अदालतमा रिट पेश भएको छ।

मंगलबार आफूले सर्वोच्च अदालतमा रिट पेश गरेको रिट निवेदक सुलभ खरेलले जानकारी दिए।

संवैधानिक परिषदले संसदीय सुनुवाइविनै नियुक्ति सदर गर्ने बदनियतका साथ अख्तियारलगायत विभिन्न संवैधानिक निकायमा ४५ जना पदाधिकारी सिफारिस गरेको जिकिरसहित आफूले रिट दिएको खरेलले बताए।

‘हामीले अन्तरिम आदेशद्वारा त्यसलाई बदर गर्न माग गरेका छौं। संसदीय सुनुवाइलाई छलेर स्वत: नियुक्त गर्ने बदनियतका साथ सिफारिस भएकाले अन्तरिम आदेशबाट बदर गर्न पर्छ भन्ने हाम्रो जिकिर हो,’ उनले भने, ‘सर्वोच्च प्रशासनले दर्ता प्रक्रिया सुरू गरेको छ। अध्ययनका लागि भोलिसम्मको समय मागेको छ।’

संवैधानिक परिषदका बहुमत सदस्यले सिफारिस गर्न सक्ने अध्यादेश अनुसार मंसिर ३० गते प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणा र राष्ट्रियसभा सदस्य गणेशप्रसाद तिमिल्सिनाले ४५ जना ‍पदाधिकारी नियुक्ति सिफारिस गरेका थिए।

प्रकाशित मिति: Dec 22, 2020

प्रतिक्रिया दिनुहोस्