Logo
६ आश्विन २०८१, आईतबार
(December 21, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चार वर्षअघि अपदस्थ गर्नेहरुले नै अहिले पनि सरकार ढाल्न खोजे : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई अपदस्थ गर्न खोजिएकाले प्रतिनिधिसभा विघटन गरेको बताएका छन्।

देशका नाममा सम्बोधन गर्दै ओलीले चार वर्षअघि आफूलाई अपदस्थ गर्नेहरुले नै अहिले पनि सरकार ढाल्न खोजेको आरोप लगाए।

‘म चार वर्षअघिको घटनाक्रम सम्झिरहेको छ। नाकाबन्दीको साहसका साथ सामना गरेपछि यसैगरी सरकार ढालिएको थियो,’ उनले भने, ‘अहिले परिस्थिति अलग भए पनि पात्र यिनै हुन्।’

सरकारले काम गर्न नसक्नुमा सम्पूर्ण दोष पार्टीका नेताहरुमाथि थोपर्दै ओलीले आफू घेराबन्दी परेको दाबी गरे।

उनले प्रदेश सभा, स्थानीय तह क्रियाशील भएकाले देश जनप्रतिविहीन नभएको बताए।

प्रकाशित मिति: Dec 21, 2020

प्रतिक्रिया दिनुहोस्