Logo
६ आश्विन २०८१, आईतबार
(December 20, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाडौंसहित ठाउँठाउँमा प्रधानमन्त्रीको पुत्ला जलाइयो

संसद् भंग भएसँगै ठाउँठाउँमा प्रधानमन्त्रीको पुत्ला जलाइएको छ । राजधानी काठमाडौंसहित पोखरा चितवनसहितका ठाउँमा सरकारी कदमविरुद्ध विरोध प्रदर्शन सुरु भएको हो ।

असंवैधानिक कदम खारेज गर, गणतन्त्र मास्‍न पाइँदैन, जनप्रतिनिधिमूलक संस्था विघटन गरसहितका नारा लगाउँदै प्रदर्शनकारीहरु सडकमा निस्किएका हुन् । अधिकांश सत्तारुद्ध दलहरु नै सडकमा झन्डासहित निस्किएका छन् ।

काठमाडौंको माइतीघरमा पनि नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघले प्रदर्शन गरेको छ । प्रधानमन्त्रीको कदम जनआन्दोलन र निर्वाचनमा नागरिकले दिएको ‘म्याडेट’ र संविधानको भावनाविपरीत रहेको प्रदर्शनकारीको भनाइ छ ।

पोखरामा युवाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका छन् । प्रधानमन्त्री ओलीको सिफारिसमा आइतबार राष्ट्रपतिले संघीय संसद विघटन गरेपछि युवा-विद्यार्थीले पुत्ला जलाएका हुन् ।

पोखराको पृथ्वीनारायण क्याम्पसको गेटबाहिर नेपाल कम्युनिस्ट पार्टी नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, अर्का नेता माधवकुमार नेपाल पक्षधर अनेरास्ववियुका विद्यार्थी, जनता समाजवादी पार्टीका विद्यार्थीले प्रदर्शनसमेत गरिरहेका छन्।

प्रकाशित मिति: Dec 20, 2020

प्रतिक्रिया दिनुहोस्