मास्क नलगाई सेल्फी खिच्दा चिलीका राष्ट्रपतिलाई ३ हजार ५ सय डलर जरिवाना
चिलीका राष्ट्रपति सेबास्टियन पिन्येरालाई सार्वजनिक स्थानमा मास्क नलाएको भन्दै ३ हजार ५ सय अमेरिकी डलर जरिवाना गरिएको छ ।
कोरोनाभाइरस महामारीका कारण लगाइएको प्रतिबन्ध तोडेको आरोप लगाउँदै सेबास्टियन पिन्येरामाथि उक्त जरिवाना गरिएको हो ।
उनले यो महिनाको सुरुवातमा एक महिलासँग मास्क बिना खिचेको सेल्फी सोसल मिडियामा भाइरल भएपछी कारबाही गरिएको हो ।
तस्बिर भाइरल भएपछि राष्ट्रपतिले माफी माग्दै काचागुआ शहरको समुद्र तट नजिकै एक महिलाले सेल्फी खिच्न चाहँदा आफूले मास्क नलाएको स्वीकार गरेका थिए ।
कोरोना महामारीका कारण चिलीमा कडा प्रतिबन्ध लगाइनुका साथै सार्वजनिक स्थानमा मास्क अनिवार्य गरिएको छ ।भने चिलीमा मास्क नलगाउँदा जरिवानाका साथै जेल सजायको प्रावधान पनि छ ।
अहिलेसम्म चिलीमा कोरोना संक्रमितको संख्या ५ लाख ८१ हजार १ सय ३५ पुग्यो भने मृतकको कुल संख्या १६ हजार पुगेको छ ।