Logo
६ आश्विन २०८१, आईतबार
(December 17, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एक साताभित्र उखु किसानको भुक्तानीको व्यवस्था मिलाउन सरकारलाई निर्देशन

एक साताभित्र किसानको भुक्तानीको व्यवस्था मिलाउन सरकारलाई संसदीय समितिले निर्देशन दिएको छ ।

बिहीबार बसेको प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सातदिन भित्र उखु किसानको भुक्तानी व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।

उखु किसानले चिनी सञ्चालकले भुक्तानी नदिएको भन्दै केही दिनदेखि काठमाडौंमा आन्दोलन गरिरहेका छन् ।

सर्लाही, रौतहट, नवलपरासी, बारा, पर्सा लगायतका जिल्लाका झन्डै ४०० जना किसानले माइतीघर मण्डलामा प्रदर्शन गरिरहेका छन् ।

प्रकाशित मिति: Dec 17, 2020

प्रतिक्रिया दिनुहोस्