Logo
६ आश्विन २०८१, आईतबार
(December 17, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अध्यादेश फिर्ता नभएसम्म संवैधानिक परिषद बैठकमा देउवा नजाने

प्रधानमन्त्री केपी ओलीले बिहीबार साँझ बोलाएको संवैधानिक परिषद बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नजाने भएका छन्।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले मंगलबार जारी भएको संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता नभएसम्म प्रतिपक्षी दलको नेता नजाने बताए।

‘प्रधानमन्त्रीले परिषद बैठक बोलाउनुभएको जानकारी प्रतिपक्षी दलको नेतालाई आएको छ, अध्यादेश फिर्ता नभएसम्म प्रतिपक्षी दलको नेता परिषद बैठकमा जानुहुन्न,’ शर्माले सेतोपाटीसँग भने।

मंगलबार सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले परिषदसम्बन्धी अध्यादेश जारी गरेकी थिइन्। यो अध्यादेश फिर्ता लिन सत्तापक्ष साथै प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि माग गरेको थियो।

‘पार्टीले अध्यादेश फिर्ता लिन माग गरेको छ, फिर्ता नभएसम्म परिषद बैठकमा सहभागी हुन नेता जानुहुन्न,’ उनले भने।

अध्यादेशबारे विरोध तीव्र भएपछि बुधबार नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटीमा फिर्ता लिने सहमति भएको थियो।

प्रकाशित मिति: Dec 17, 2020

प्रतिक्रिया दिनुहोस्