Logo
६ आश्विन २०८१, आईतबार
(December 16, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेकपा विवाद नाटकीय ढंगले साम्य, ओली–प्रचण्डबीच सहमती !

नेकपा भित्रको विवाद अन्त्यका लागि फेरि नाटकीय ढंगले चारबुँदे सहमति भएको छ।

दुई अध्यक्षबीच गत भदौ २६ गते स्थायी समितिले गरेको निर्णयमा फर्किने र त्यसका लागि चार बुँदामा आधारित भएर अघि बढ्ने सहमति जुटेको हो।

यसलाई दुई अध्यक्षले जारी स्थायी समिति बैठकमा जानकारी गराएका छन्। स्थायी समिति बैठकअघि दुई अध्यक्ष छलफलमा जुटेका थिए।

दुई नेताबीच भएको सहमतिअुनसार अब पुष्पकमल दाहालले सचिवालयमा पेश गरेको आरोपत्र र केपी शर्मा ओली पेश गरेको जवाफीपत्र फिर्ता गरेर संयुक्त प्रस्ताव लैजाने सहमति भएको छ।

यस्ता छन् ओली र दाहालबीच बुधबार भएको चार बुँदे सहमति

१.प्रचण्डको आरोपपत्र र ओलीको जवाफीपत्र फिर्ता हुने
२. संवैधानिक परिषद सबन्धी अध्यादेश फिर्ता गर्ने
३. संसदको विशेष अधिवेशन बोलाउने हस्ताक्षर अभियान स्थगित हुने,
४. आगमी बैठकमा ओली–प्रचण्डको संयुक्त प्रस्ताव लैजाने

प्रकाशित मिति: Dec 16, 2020

प्रतिक्रिया दिनुहोस्