Logo
६ आश्विन २०८१, आईतबार
(December 15, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संवैधानिक परिषद् सम्बन्धि अध्यादेश : कांग्रेसले दियो अधिनायकवादी कामको संज्ञा

अध्यादेशमार्फत संवैधानिक परिषद् बैठकमा कोरम पुर्‍याउन सजह बनाइएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मंगलवारको संवैधानिक परिषद् बैठकमा सहभागी नहुने भएका छन् ।

कोरम नपुगेको बिहानको बैठकमा देउवा सहभागी भएका थिए ।

मंगलवारको बैठकमा देउवा सहभागी नहुने उनीनिकट एक नेताले जानकारी दिए । अध्यादेश जारी भएपछि देउवाले निकटस्थ नेताहरूसँग कुरा गरेका छन् ।

कांग्रेस उपसभापति विमलेन्द्र निधिले अध्यादेश जारी गर्नुलाई सर्वसत्तावादी र अधिनायकवादी कामको संज्ञा दिएका छन् ।

‘आज अचानक आएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश सर्वसत्तावादी र अधिनायकवादी काम हो, संविधान र प्रणालीमाथि नाङ्गो आक्रमण हो । घोर भत्र्सना गर्दछु । यो अध्यादेश स्वीकार्य हुँदैन,’ निधिले मंगलवार समाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ।

संसद् अधिवेशन नबोलाएर अध्यादेशमार्फत देश चलाउन खोजेको भन्दै कांग्रेसले विरोध जनाइरहेको छ ।

मंगलवारका लागि बोलाइएको बैठक सभामुखले बहिस्कार गरेपछि परिषद्को बैठकमा कोरम पुर्‍याउन सरकारले अध्यादेश ल्याएको छ ।

सरकारले ल्याएको अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलवार जारी गरेकी छिन् ।

रिक्त संवैधानिक निकायमा नियुक्तिका लागि परिषद्को बैठक साँझ ५ बजे पुनः बस्दैछ ।

प्रकाशित मिति: Dec 15, 2020

प्रतिक्रिया दिनुहोस्