Logo
६ आश्विन २०८१, आईतबार
(December 14, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालमा कोरोना संक्रमित मृतकको संख्या १७ सय नाघ्यो

नेपालमा कोरोना संक्रमित मृतकको संख्या १७ सय नाघेको छ। गत २४ घण्टामा १८ जना संक्रमितको मृत्यु भएसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ७ सय १६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि आइतबार ९ जना संक्रमितको मृत्यु भएको थियो।

विगत २४ घण्टायता नेपालमा ८ सय २१ जना भेटिएसँगै संक्रमितको संख्या २ लाख ४९ हजार २ सय ४४ पुगेको छ। कुल संक्रमितमध्ये १० हजार ९ सय ५५ जना सक्रिय संक्रमित छन्।

गत २४ घण्टामा ५ हजार ४ सय २३ जनाको पिसिआर परीक्षण भएको छ। योसँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १८ लाख ३६ हजार ४ सय ६४ पुगेको छ। हाल ४ सय ७१ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: Dec 14, 2020

प्रतिक्रिया दिनुहोस्