Logo
६ आश्विन २०८१, आईतबार
(December 14, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अख्तियारका पूर्वप्रमुख आयुक्त दीप बस्‍न्‍यातलाई विशेष अदालतले थुनामा पठायाे

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्‍न्‍यातलाई विशेष अदालतले थुनामा पठाएको छ । विशेष अदालतका अध्यक्ष प्रेमराज कार्की र न्यायाधीसद्वय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलासले उनलाई पुर्पक्षका थुनामा पठाउन आदेश दिएको हो ।

बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणका अभियुक्त बस्न्यातलाई विशेषले फैसला नआएसम्म थुनामै राख्‍न आदेश दिएको हो ।

बस्न्यातले भौतिक योजना निर्माण मन्त्रालयको सचिव हुँदा गरेको निर्णयमा भ्रष्टाचार भएको ठहर सहित अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । उनीमाथि ९ कराड ६५ लाख ७६ हजार रुपैयाँ भ्रष्टाचार गरेको अभियोग लागेको छ ।

प्रकाशित मिति: Dec 14, 2020

प्रतिक्रिया दिनुहोस्