Logo
६ आश्विन २०८१, आईतबार
(December 12, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

थप ८९९ मा कोरोना संक्रमण, १५ को मृत्यु

पछिल्लो २४ घण्टामा देशभर थप ८९९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

शनिबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप ८९९ जनामा कोरोना पुष्टि भएको हो।

यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ४७ हजार ५ सय ९३ पुगेको छ।

पछिल्लो २४ घण्टामा एक हजार ३ सय ५९ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ३४ हजार २ सय ३१ पुगेको छ।

त्यस्तै, यसको संक्रमणबाट थप १५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ६ सय ८९ पुगेको छ।

प्रकाशित मिति: Dec 12, 2020

प्रतिक्रिया दिनुहोस्