Logo
६ आश्विन २०८१, आईतबार
(December 12, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्रीले बोलाएको संवैधानिक परिषद्को बैठकमा कांग्रेस सहभागी नहुने

आइतबारका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संवैधानिक परिषद्को बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा सहभागी नहुने बुझिएको छ।

‘बैठकमा कांग्रेस नजाने भन्ने सम्भावना धेरै छ,’ कांग्रेस नेता रमेश लेखकले भने।

कांग्रेसले २९ गते सरकारविरूद्ध देशव्यापी गर्न लागेको बेला बैठक राखेकाले संशय उत्पन्न भएको कांग्रेस नेताहरु बताउँछन्।

आइतबार बिहान ९ बजे प्रधानमन्त्री ओलीले संवैधानिक परिषद् बैठक बोलाएका छन् भने आइतबार नै नेकपा स्थायी समिति बैठक तय भएको छ।

प्रधानमन्त्री ओलीले शुक्रबार कांग्रेस सभापति देउवासँग भेट गरेका थिए।

कांग्रेसको विरोध प्रदर्शन तय भएको बेला बैठक राख्नु उचित नभएको पनि कांग्रेसका नेताहरुले बताएका छन्।

प्रकाशित मिति: Dec 12, 2020

प्रतिक्रिया दिनुहोस्