Logo
९ मंसिर २०८१, आईतबार
(December 10, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिन्धुपाल्चोकको ग्रामीण क्षेत्रमा शिक्षाको ज्योति छर्न अग्रसर उत्तम उपाध्याय न्यौपाने बाट शैक्षिकसामाग्री वितरण

प्रदेश ३ स्थित इन्द्रावती गाउँ पालिका ६ सिन्धुपाल्चोकमा रहेको कमलादेवी माध्यमिक बिद्यालयलाई लोचन वास्तु तथा ज्योतिष सेवाद्वारा शैक्षिकसामाग्री वितरण गरेको छ ।

यस विद्यालयमा दलित समुदायका अति विपन्नका साथै २५० जना विद्यार्थी रहेका छन। सिन्धुपाल्चोकको ग्रामिण भेगमा रहेको यस विद्यालयलाई यस्तो सहयोगले शैक्षिक गुणस्तर सुधार हुने भन्दै शैक्षिकसामाग्री वितरण गरिएको हो ।

विद्यालयका प्रधानाध्यापकले लोचन वास्तु तथा ज्योतिष सेवाका उत्तम उपाध्याय न्यौपाने लगायत सम्पुर्ण टिमलाई धन्यवाद दिदै भबिष्यमा अझ सहयोगको आशा गरेको वताए ।

कोरोनाले गर्दा विद्यार्थीको पठन पाठनमा समस्या देखिएकोले डिजिटल प्रबिधिबाट शिक्षा प्रदान गर्नको लागि केही कम्प्युटर सेट आवस्यक भएको हुनाले दाता बाट आशा गरेको उहाँले बताउनु भयो।

भौतिक पूर्वाधार तयार भए पनि साइन्स ल्याब र इ लाइब्रेरी सन्चाल गर्न बजेट नहुनाले सहयोगी दाताले सहयोग गरेमा ग्रामीण भेगका शिक्षामा सुधार हुने बिश्वास पनि गर्नु भयो।

सिन्धुपाल्चोकको ग्रामीण क्षेत्रमा शिक्षाको ज्योति छर्न अग्रसर उत्तम उपाध्याय न्यौपाने बाट त्यस भेगका धेरै विद्यालयलाई पहिले पनि शैक्षिकसामाग्री वितरण गर्नु भएको थियोे।

सामाजिक कार्यमा पनि उतिकै अग्रसर भएर समाजमा आइपर्ने हरेक विपत्तिमा अग्रपंक्तिमा उभिने न्यौपानेले सरल भाषामा ‘ग्लोबल वास्तु’ र ‘कुन्डलीमा के छ’ भन्ने कृति लेखेर समाजमा ज्ञानको ज्योति पनि छर्नुभएको छ ।

कार्यक्रममा विभिन्न क्षेत्रमा आबद्ध वक्तीहरुको विद्यालयमा उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: Dec 10, 2020

प्रतिक्रिया दिनुहोस्