Logo
६ आश्विन २०८१, आईतबार
(December 9, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुरक्षा चुनौती बढेपछि गृहमन्त्रीसहित सुरक्षा फार्सका अधिकारीहरु छलफलमा

प्रतिबन्धित नेत्र विक्रम चन्द समूह र राजावादीका गतिविधि समीक्षा गर्न केन्द्रीय सुरक्षा समितिको बैठक गृह मन्त्रालयमा सुरु भएको छ । गृह मन्त्री रामबहादुर थापाको अध्यक्षतामा सुरक्षा प्रमुखहरुसहितको बैठक केही बेरअघि सुरु भएको हो ।

बैठकमा प्रहरी महानिरीक्षक शैलश थापा क्षेत्री,सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल,राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीलगायत उच्च सुरक्षा अधिकारीहरु सहभागी छन् ।

मंगलबार मोरङको मिक्लाजुङस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको चन्द समूहबाट भएको हत्या र पछिल्ला दिनहरुमा ‘राजसंस्था’ को पक्षमा देखिएको प्रदर्शन बारे समीक्षा गर्न बैठक बसेको हो ।

गृह स्रोतका अनुसार चन्द समूहका आपराधिक गतिविधि नियन्त्रण गर्न र राजावादीहरुको गतिविधिबारे बैठकमा समिक्षा हुनेछ । चन्द समूह र राजावादीको गतिविधिका बारेका सुरक्षा प्रमुखहरुबाट आवश्यक ब्रिफिङ लिएपछि त्यही अनुसार कदम चाल्ने सरकारको तयारी छ ।

प्रकाशित मिति: Dec 9, 2020

प्रतिक्रिया दिनुहोस्