Logo
६ आश्विन २०८१, आईतबार
(December 8, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजतन्त्रको पक्षमा नाराबाजी हुनुमा सरकार दोषि रहेको विपक्षी दलको निश्कर्ष

संसदमा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूले सरकारले राम्रो काम गर्न नसके पनि अहिलेको प्रणाली र व्यवस्थाप्रति आन्दोलनप्रति साथ नरहने प्रतिवद्धता जनाएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बालुवाटारमा बोलाएको सर्वदलीय छलफलमा सहभागी नेताहरूले यस्तो प्रतिवद्धता जनाएका नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले सेतोपाटीलाई बताए।

‘विपक्षी साथीहरूले सरकारका काम सकारात्मक नभएको भनेर रचनात्मक सुझाव दिनुभएको छ। सँगै उहाँहरूले अहिलेको व्यवस्था विरोधीलाई साथ दिन नसक्ने स्पष्ट पार्नुभएको छ,’ नेम्वाङले भने,’उहाँहरूले धर्मनिरपेक्षता गणतन्त्र अनि संघीयताविरूद्ध भएका आन्दोलन सफल नहुने समेत बताउनुभएको छ।’

बैठकमा नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारका नराम्रा कामबाट व्यवस्था विरोधी हौसिएको बताएका थिए। यही मौकामा व्यवस्था उल्टाउन सकिन्छ कि भनेर नसोच्नसमेत उनले चेतावनी दिएका थिए।

जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष महन्त ठाकुरले अस्वीकृत भएको व्यवस्थाका विरूद्ध भएका आन्दोलनमा साथ नरहने स्पष्ट पारे।

‘हिन्दु धर्म र राजतन्त्र कायम राख्न उनीहरू अस्वीकृत भएका हुन्। यो व्यवस्था फालिएको छ,’ महन्तको भनाइ उद्धृत गर्दै सहभागी एक नेताले भने,’हामी पनि हिन्दु हौं। तर राज्यको धर्म हुन्छ भन्ने पक्षमा छैनौं। गणतत्त्र र लोकतन्त्रमा हामी पूरै प्रतिवद्ध छौ। यसमा हामी एक ठाउँमा छौं।’

राप्रपा नेता दीपक बोहोराले सडकमा भइरहेको प्रदर्शनमा आफूहरूको समर्थन रहेको बताएका थिए। उनले यही संविधानमा राजतन्त्र र हिन्दु धर्मबारे सोधौं न भनेर भनेका थिए।

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारबारेमा आएका आलोचना र सुझावलाई हार्दिकतापूर्वक लिने बताएका थिए। उनले यस्ता छलफलहरू गरिरहने समेत बताएका थिए।

प्रकाशित मिति: Dec 8, 2020

प्रतिक्रिया दिनुहोस्