सर्लाहीको विष्णु गाउँपालिकामा आगलागी, १२ लाखको क्षति
प्रदेश नं २ स्थित सर्लाहीको विष्णु गाउँपालिकामा गए राति विद्युत्को तार सर्ट भई आगलगी हुँदा १२ लाख बराबरको क्षति भएको छ ।
विष्णु-२ पकडीगोठ बस्ने योगेन्द्रप्रसाद साहको काठले बनेको दुईतले घरमा गए राति करिब ११ बजेको समयमा आगलगी हुँदा उक्त क्षति भएको सर्लाही प्रहरीले जनाएको छ ।
आगलगीबाट घरमा भएको लताकपडा, अन्नपात र घर बनाउने सेन्ट्रीको सामानलगायतका सामान जलेर रु १२ लाख बराबरको क्षति भएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए ।
प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको उनले बताए ।