Logo
६ आश्विन २०८१, आईतबार
(December 7, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल-भारतबीचको वाणिज्य सचिवस्तरीय वार्ता जारी

नेपाल र भारतबीच व्यापार तथा पारगमनसम्बन्धी अन्तर सरकारी समितिको बैठक शुरू भएको छ ।

दुई देशका वाणिज्य सचिवहरूको नेतृत्वमा सोमवार बैठक शुरू भएको हो ।

बैठकमा नेपालको नेतृत्व सचिव बैकुण्ठ अर्यालले गरेका छन् ।

बैठकले द्वीपक्षीय व्यापार र आर्थिक सम्बन्धको समीक्षा गर्ने र अगाडि बढ्ने बताइएको छ ।
नेपालस्थित भारतीय दूतावासले यस बैठक सर्वोच्च द्वीपक्षीय संयन्त्र भएको बताएको छ ।

बैठकबारे जानकारी गराउँदै दूतावासले द्वीपक्षीय व्यापार र आर्थिक सम्बन्धको समीक्षा गर्ने र अगाडि बढाउने मार्ग तयार पार्नका निम्ति बैठकले महत्वपूर्ण भूमिका खेल्ने बताएको छ ।

प्रकाशित मिति: Dec 7, 2020

प्रतिक्रिया दिनुहोस्