Logo
५ आश्विन २०८१, शनिबार
(December 7, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अहिलेका मानिस वाईफाईको लागि रक्सी देखि यौनसम्म छाड्न तयार !

अहिलेको बर्तमान समय भनेको प्रविधिको सयम हो ।अहिलेको मानिस समाजसँग भन्दापनि प्रविधिसँग रमाउन थालेको छ । फलस्वरुप मानिसहरुको समाजिक जीवन कमजोर बन्दै गइरहेको छ ।

अहिले जति पनि प्रविधि बढ्दै गएको छ त्यति नै तिव्ररुपमा मानिसहरुको जिन्दगी पनि बर्बाद भइरहेको छ । इन्टरनेटको बढ्दो लतले मानिसहरु पुरै तरिकाले एक्लै भएका छन् ।

जसको कारण मानिसहरु अहिले डिप्रेशन जस्ता रोगको शिकार बढी हुन थालेका छन् । इन्टरनेको नशा यति चढेको छ कि मानिसहरुले रक्सी र यौन जीवनसम्म नै छाड्ने तयारी गरिरहेका छन् ।

किन भने सामाजीक सञ्जालसँग नै मानिस लिप्त हुन लागेका छन् अनि उनिहरु सामाजिक सञ्जालकै भर पर्न थालेको पाइन्छ । जसले गर्दा धेरै मानिसको जिवन वर्वाद भएको हामीले देख्न र सुन्न समेत पाइन्छ ।

हाल अमेरिकामा गरेको एक अध्ययनले इन्टरनेटको नशा बढ्दै गएर पुरै परिवारको समय खराब गर्नमा कुनै कसर नछाडेको बताएको छ । १५ सय मानिसमा गरेको अध्ययनले औसत युवाहरु आफ्नो फोन बिना १६ घन्टा पनि रहन नसक्ने पत्ता लागेको छ ।

एक तिहाई सहभागीको अनुसार आवश्यकता भन्दा धेरै समय आफ्नो मोबाईल, ल्यापटप वा ट्याबलेटमा गुर्जाछन् ।२४ प्रतिशत मानिसहरु मोवाइलकै कारण धेरै घटनाका सिकार भएको बताए ।

उनीहरुले आफ्नो मोवाइल आफु भन्दा ३ फिट भन्दा धेरै टाढा नराख्ने पनि जानकारी दिए । केही सहभागीले मोवाइलको कारण पुरै परिवारको बिदाको दिन बर्बाद गरीदिएको पनि बताए ।

४७ प्रतिशतले मोवाइल बिना कतै नजाने र जहाँ गएपनि नेटवर्कको खोजीमा समय बिताउने जनाए ।४१ प्रतिशतले विशेष कार्यक्रममा जानुको कारण सामाजिक सञ्जालमा फोटो राख्नकै लागि भएको जानकारी दिए ।

एक महिलाले सुतेको समयमा पनि आइप्याड आफुसँगै सुताउने गरेको बताइन् । यस अनुसन्धानबाट वाईफाई पासवर्ड पाएमा सबै आफ्ना प्यारा चीज छाड्न तयार हुने पत्ता लागेको छ ।

धेरै मानिसहरुले रक्सी छाड्ने बताए भने कसैले यौन सम्बन्ध बरु नचाहिने पनि बताए । एजेन्सी

प्रकाशित मिति: Dec 7, 2020

प्रतिक्रिया दिनुहोस्