Logo
६ आश्विन २०८१, आईतबार
(December 6, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजतन्त्रको पक्षमा नाराबाजी लागेसँगै नेकपाका नेताहरु झस्किए !

नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य जनार्दन शर्माले सरकारले गणतन्त्रविरोधी क्रियाकलापको रक्षा गरेको आरोप लागेको भन्दै सो विषयमा छलफल गर्न माग गरेका छन् । केही दिनयता राजसंस्था पक्षधरहरुले गरिरहेको प्रदर्शनतर्फ लक्षित गर्दै उनले स्याथी कमिटीमा छलफलको माग गर्दै विशेष प्रस्ताव लगेका हुन् ।

गणतन्त्रका पक्षमा लडेकाहरुप्रति सरकार गरम र गणतन्त्रविरोधीप्रति नरम भएको जनताको आरोप रहेको शर्माले प्रस्तावमा उललेख गरेका छन् । यसले जनतामा ठूलो असन्तुष्टि देखिएकाले उनले नेकपा स्थायी कमिटीबाट संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि प्रतिवद्धतासहित दृढ संकल्प गर्न माग गरेका छन् ।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नाम बदलेर नेपाल मात्र राख्ने निर्णयबाट गणतन्त्रविरोधीहरु उत्साही बनेको र खुलेआम संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध उभिएको पनि उनले प्रस्तावमा उल्लेख गरेका छन् । त्यस्तै, संघीयता पक्षधर सबै पार्टीहरुसँग छलफल गर्दै सरकारको कमीकमजोरी सच्याउँदै जनतामा देखिएको असन्तुष्टि सम्बोधन गर्नुपर्ने पनि शर्माले बताएका छन् ।

प्रकाशित मिति: Dec 6, 2020

प्रतिक्रिया दिनुहोस्