Logo
६ आश्विन २०८१, आईतबार
(December 6, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रचण्डको ब्रिफिङपछि नेकपा स्थायी कमिटी बैठक सकियो

नेपाल कम्युनिष्ट पार्टी नेकपाको मुख्यालय धुम्बाराहीमा चलेको स्थायी कमिटी बैठक करिब २ घन्टामा सकिएको छ।

प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमा चलेको बैठकमा अधिकांश समय अर्का अध्यक्ष पुष्पकमल दाहालले सम्बोधन गरेका थिए।

अध्यक्ष ओली तथा अन्य विभिन्न कारणले उपस्थित हुन नसकेका केही सदस्यहरुबाहेक अन्य सदस्यहरुको बैठकमा उपस्थिति थियो।

अध्यक्ष ओली भने बैठक सुरु हुने बेला राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका थिए।

प्रकाशित मिति: Dec 6, 2020

प्रतिक्रिया दिनुहोस्