Logo
१३ मंसिर २०८१, बिहीबार
(December 6, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कान्दाहारमा सेनाले गरेको कारबाहीमा १८ जना तालिबानी लडाकू मारिए

अफगानिस्तानको दक्षिणी कान्दाहार प्रान्तमा भएको सैनिक कारबाहीमा कम्तीमा १८ जना तालिबानी लडाकू मारिएको सेनाले जनाएको छ ।

कान्दाहार प्रान्त विद्रोही तालिबानको गढका रुपमा चिनिन्छ । शनिबारदेखि प्रान्तका डन्ड, जेलाई र मरुद जिल्लामा केही दिनदेखि सैनिक कारबाही जारी रहेको अफगान रक्षा मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले कारबाहीका क्रममा ठूलो मात्रामा हातहतियार र बारुदी सुरुङ समेत बरामद गरिएको बताएको छ ।

तालिबान विद्रोहीहरुले उक्त घटनाका बारेमा केही बताउन चाहेका छैनन् ।

प्रकाशित मिति: Dec 6, 2020

प्रतिक्रिया दिनुहोस्