Logo
९ मंसिर २०८१, आईतबार
(December 2, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेस नेता पौडेललाई पुल उद्घाटन गर्न नदिने भन्दै तनहुँमा नेकपाको विरोध प्रदर्शन, निषेधाज्ञा नै जारी

गण्डकी प्रदेश स्थित तनहुँमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई पुल उद्घाटन गर्न नदिने भन्दै सत्तारुढ नेकपाका कार्यकर्ताले विरोध प्रदर्शन गरेका छन् ।

नेकपा कार्यकर्ताले पौडेलले बुल्दीखोला पुल उद्घाटन गर्ने कार्यक्रम बिथोल्न मोटरसाइकल र्याली नै गरेका हुन् ।

यसअघि मंगलबार तनहुँको ब्यास नगरपालिका र रिसिङ गाउँपालिका जोड्न सेती नदीमाथि बनाइएको पुलको उद्घाटन गर्दा पनि नेकपा तनहुँले नेता पौडेलको विरोध गरेको थियो ।

विरोधका बाबजुद नेता पौडेलले पुल उद्घाटन गरेको र बुधबार फेरि अर्को पुल उद्घाटन गर्न खाजेको भन्दै नेकपा विरोधमा उत्रिएको हो ।

तनहुँ काँग्रेसका सभापति एवं ब्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपानेले पुल निर्माण उपभोक्ता समितिले उद्घाटनका लागि नेता पौडेललाई आमन्त्रण गरिसकेपछि नेकपाले बखेडा झिकेको बताए ।

पुल निर्माणका लागि प्रदेश सरकारले सहयोग उपलब्ध गराएको थियो ।नेकपा तनहुँका अध्यक्ष केदार सिग्देलले भने कांग्रेसले जबरजस्ती पुल उद्घाटन गर्न लागेकाले विरोध गर्नुपरेको जनाए ।

परिस्थिति झडपतर्फ उन्मुख भएपछि पुल उद्घाटन स्थलमा ठूलो संख्यामा प्रहरी परिचालन गर्नुका साथै त्यस क्षेत्रमा तनहुँ प्रशासनले निषेधाज्ञा नै जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी सागर अचार्यले प्रदेशको पूर्वाधार कार्यालयलाई नै जानकारी नगराई पुल उद्घाटन गर्न लागेका जानकारी आएकाले उपभोक्ता समितिलाई कार्यक्रम रोक्न पत्राचार गरेको बताएका छन् ।

प्रकाशित मिति: Dec 2, 2020

प्रतिक्रिया दिनुहोस्