Logo
६ आश्विन २०८१, आईतबार
(November 30, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री केपी शर्मा ओलीले अब टिकटक चलाउने

प्रधानमन्त्री केपी शर्मा ओली पनि भिडियो सेयरिङ एप टिकटकमा आएका छन्। किशोर तथा युवा पुस्तामाझ लोकप्रिय भिडियो सेयरिङ एप टिकटकमा प्रधानमन्त्रीले आइतबार एकाउन्ट खोलेका हुन्।

यो एकाउन्ट भेरिफाइडसमेत भइसकेको छ। अहिलेसम्म एउटा मात्र भिडियो राखिएको यो एकाउन्टलाई २६ सयभन्दा बढीले फलो गरेका छन्। प्रोफाइलमा प्रधानमन्त्रीको फोटो भने राखिएको छैन।

प्रधानमन्त्रीले गरेको एउटा भाषण यो एकाउन्टमा राखिएको छ। उक्त भाषणलाई २ लाख भन्दा बढीले हेरिसकेका छन् भने १३ हजारभन्दा बढी लाइक्स आएको छ। ३ सयभन्दा बढी कमेन्ट आृको यो भाषणको अंशलाई २ सय ३२ जनाले सेयर गरेका छन्।

प्रकाशित मिति: Nov 30, 2020

प्रतिक्रिया दिनुहोस्