विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या १४ लाख नाघ्यो, ५ करोड ९५ लाख संक्रमित
विश्वभर कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १४ लाख नाघेको छ ।
गत वर्षको डिसेम्बर अन्तिममा चीनको वुहानबाट फैलिएको कोरोना भाइरस संक्रमणबाट विश्वभर १४ लाख २ हजार २८ जनाको मृत्यु वर्ल्डोमिटर्सको पछिल्लो तथ्याङ्कले सार्वजनीका गरेको छ ।
वर्ल्डोमिटर्सको पछिल्लो तथ्याङ्क अनुसार संक्रमितको संख्या पनि ५ करोड ९५ लाख नाघेको जनाएको छ । पछिल्लो तथ्याङ्क अनुसार विश्वभर ५ करोड ९५ लाख १४ हजार हजार ८०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ४ करोड ११ लाख ५५ हजार ५५६ जना कोरोनामुक्त भएका छन् ।
कोरोना महामारीबाट सबै भन्दा बढी प्रभावित देश अमेरिका हो । अमेरिकामा हालसम्म २ लाख ६३ हजार ६८७ जनाको कोरोनाबाट मृत्यु भइसकेको छ । ।कोरोना संक्रमितको संख्या १ करोड २७ लाख ७७ हजार १९४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा मात्रै त्यहाँ १ लाख ६५ हजार ७७७ जना भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ भने १ हजार ९२२ जनाको मृत्यु भएको छ ।
दोस्रो प्रभावित देश कोरोना भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ३४ हजार २५१ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै ४७८ जनाको मृत्यु भएको छ ।
भारतमा पछिल्लो २४ घण्टामा ३७ हजार ३२९ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ९१ लाख ७७ हजार ६४१ पुगेको हो ।
यस्तै तेस्रो बढी सैक्रमित देश ब्राजिलमा संक्रमितको संख्या ६० लाख ८८ हजार ४ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ३४४ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या १ लाख ६९ हजार ५४१ पुगेको छ ।