Logo
६ आश्विन २०८१, आईतबार
(November 22, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९१७ जना संक्रमित थपिए

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टायता ९१७ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं ७३३, भक्तपुरमा ५३ र ललितपुरमा १३१ जना संक्रमित थपिएका छन्।

देशभर भने १६६९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। योसँगै नेपालमा हालसम्म कुल संक्रमित हुनेको संख्या २ लाख २०  हजार ३०८ पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

आजको पीसीआर ८०३२ रहेको छ। यससँगै नेपालमा हालसम्म १६ लाख ६० हजार ७५ जनाको नमूना पीसीआर परीक्षण भएको छ। हाल क्वारेन्टिनमा ६८६ जना रहेका मन्त्रालयले जनाएको छ।

नेपालमा हालसम्म कुल संक्रमितमध्ये १९९६३ जना सक्रिय संक्रमित छन्। यसमध्ये संस्थागत आइसोलेनमा ६३५१ र होम आइसोलेनमा १३६१२ जना छन्।

आज  ५६९९ जना निको भएका छन्। यससँगै हालसम्म १ एक ९९ हजार २४ जना संक्रमित निको भएका छन्।

यस्तै, नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १६ जनाको ज्यान गएको छ। यससँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १३२१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: Nov 22, 2020

प्रतिक्रिया दिनुहोस्