Logo
६ आश्विन २०८१, आईतबार
(November 18, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

१० दिनपछि फेरि बस्ने गरी नेकपा सचिवालय बैठक सकियो,१८ गते स्थायी कमिटी बैठक

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सकिएको छ । १० दिनपछि बस्ने गरी बुधबारको बैठक सकिएको हो ।

आज बसेको बैठक १० दिनपछि पुन: बस्ने गरी सम्पन्न भएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार १३ मंसिरमा बस्ने सचिवालय बैठकका यसअघि प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन र सोही दिन ओलीले पेश गर्ने राजनीतिक प्रतिवेदनमाथि छलफल हुनेछ । त्यो सचिवालय बैठकले ती प्रतिवेदन स्थायी समिति र केन्द्रीय समितिको बैठकमा लैजाने निर्णयसमेत भएको छ ।

साथै, आजको सचिवालय बैठकले १८ मंसिरमा स्थायी समिति बैठक बस्ने र केन्द्रीय समितिको बैठक २५ मंसिरमा गर्ने निर्णय गरेको छ । यसअघि १५ देखि १७ मंसिरसम्म केन्द्रीय समिति बैठक बस्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति: Nov 18, 2020

प्रतिक्रिया दिनुहोस्