Logo
६ आश्विन २०८१, आईतबार
(November 12, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदीय सनुवाइ समितिमा बोलाउने निर्णय

संसदीय सनुवाइ समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोलाउने निर्णय गरेको छ ।

संवैधानिक तथा राजनीतिक नियुक्तिहरू संविधानमा गरिएको व्यवस्थाअनुसार समानुपातिक तथा समावेशी नभएको भन्दै संसदीय सुनुवाइ समितिको बिहीबार बसेको बैठकले मंसिर दोस्रो साताभित्र प्रधानमन्त्रीलाई बोलाउने निर्णय गरेको समिति सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।

‘समावेशीको विषय उठेको छ । सबै राजदूतहरूको सिफारिस एकै पटक होस् जसले समावेशी सिद्धान्त पालना हुन्छ भनेर प्रधानमन्त्रीसँग सम्पर्क गरेर मंसिर ११ गतेको आसपासमा बोलाउने कुरा भएको छ,’ समिति सभापति कर्णले भने ।

समितिको बैठकमा संवैधानिक तथा राजनीतिक नियुक्तिबारे सांसदहरूले कुरा उठाएका थिए । जनता समाजवादीका सांसद राजेन्द्र श्रेष्ठले सरकारबाट हुने नियुक्तिहरू समावेशी नहुने गरेको भन्दै प्रधानमन्त्रीसँग त्यसका लागि छलफल गर्नुपर्ने बताएका थिए ।

कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्की र पुष्पा भुसालले पनि सरकारबाट हुने नियुक्तिहरूमा समावेशी र समानुपातिक सिद्धान्तका आधारमा नभएको बताएका थिए ।

प्रकाशित मिति: Nov 12, 2020

प्रतिक्रिया दिनुहोस्