Logo
१३ मंसिर २०८१, बिहीबार
(November 5, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अमेरिकी राष्ट्रपति निर्वाचनमा बाइडन विजयी हुनेमा विश्वस्त, ट्रम्पले दिए अदालत जाने चेतावनी

अमेरिकी राष्ट्रपति पदको निर्वाचनमा उम्मेदवार जो बाइडन र डोनाल्ड ट्रम्पबीच कडा टक्कर देखिएको छ ।

अमेरिकी राष्ट्रपति पदका डेमोक्र्याट उम्मेदवार पूर्वउपराष्ट्रपति जो बाइडेनले आफूहरुको जीत सुनिश्चित भएको भन्दै आफूले एक अमेरिकी राष्ट्रपतिका रुपमा शासन गर्ने बताएका छन् ।

अमेरिकी सञ्चारमाध्यमहरुका अनुसार प्रष्ट जीतका लागि ६ मत ९इलेक्टोरल कलेज० को प्रतीक्षामा रहेका बाइडेनले बुधबार दिउँसो भने, ‘हाम्रो जीत सुनिश्चित छ र म एक अमेरिकीका रुपमा शासन गर्नेछु ।’

यसअघि पनि उनले आफू प्रतिवद्ध डेमोक्र्याटका रुपमा चुनावी मैदानमा होमिएको भए पनि सबै अमेरिकीको साझा राष्ट्रपतिका रुपमा काम गर्ने प्रतिवद्धता जनाइसकेका थिए ।

जबकी उनको प्रतिष्पर्धी एवं वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्पले भने प्रारम्भिक मतगणनामै आफूलाई विजयी घोषणा गरेका थिए । ट्रम्पले यस्तो घोषणा गरिरहँदा बाइडेनले भने निकै धैर्य देखाउँदै प्रत्येक मतगणना नगरी परिणाम घोषणा गर्ने अधिकार कसैलाई नभएको बताएका थिए ।

नेपाली समयअनुसार बिहीबार विहानको सम्बोधनमा बाइडेनले भने, ‘हामीबाट कसैले पनि हाम्रो प्रजातन्त्र खोस्न सक्ने छैन ।’

बाइडेनले मुलुकमा विभाजनको रेखा कोरिएको स्वीकार्दै, विभाजित देशलाई एकीकृत गर्नकै लागि आफू चुनावी प्रतिस्पर्धामा आएको उल्लेख गरे ।

अमेरिकी सञ्चारमाध्यम फक्स न्यूजकाका अनुसार अमेरिकामा राष्ट्रपतिमा निर्वाचित हुन चाहिने ५३८ मध्ये २७० इलेक्टोरल कलेज मतमा बाइडेनले अहिलेसम्म २६४ मत संकलन गरिसकेका छन् ।

अब मात्र ६ मतको प्रतीक्षा रहेको छ । जुन झिनो अग्रता लिइरहेको नेभादाबाट त्यो मत मिल्नसक्ने अनुमान गरिएको छ । यसो भएका ट्रम्पले मात्र २ मतले परिणाम गुमाउनुपर्ने देखिन्छ ।

संग्रामी मैदान मानिएका र सन् २०१६ मा ट्रम्पको पोल्टामा परेको एरिजोना, विस्कनसिन र मिसिगनमा बाइडेनको जीत सुनिश्चित भएको ट्रम्पनिकट मानिएको फक्स न्यूजले नै जनाएको छ ।

ट्रम्पले अग्रता लिइरहेको पेन्सलभानियामा पनि बाइडेनले मतान्तर साँघुर्‍याएका छन् । २० इलेक्टोरल कलेज रहेको यसअघि डेमोक्र्याटका पक्षमा रहेको उक्त राज्यको परिणाम सन् २०१६ मा भने ट्रम्पका पक्षमा आएको थियो ।

उता ट्रम्पको चुनावी अभियानले भने मिसिगन, पेन्सेल्भेनिया र जर्जियामा हुलाकबाट भएका मतदानमा ‘धाँधली’ भएको आरोप लगाएको छ र अदालतमा चुनौती दिने घोषणा गरेको छ ।

 

प्रकाशित मिति: Nov 5, 2020

प्रतिक्रिया दिनुहोस्