Logo
२ कार्तिक २०८१, शुक्रबार
(November 4, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेकपा अध्यक्ष दाहालद्वारा महराको निधनप्रति दुःख व्यक्त

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वसभामुख तथा प्रतिनिधिसभा सदस्य कृष्णबहादुर महराको जीवन सङ्गिनी सीता महराको निधनको खबर आफूलाई दुःख लागेको बताएका छन् ।

अध्यक्ष दाहालले सामाजिक सञ्जालमार्फत उनीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोककूल परिवार तथा आफन्तजनमा समवेदना प्रकट गरेका छन् ।

महरा लामो समयदेखि माइस्थेनिया नामक रोगबाट पीडित रहेकी थिइन् । उनको उपचारका क्रममा आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।

प्रकाशित मिति: Nov 4, 2020

प्रतिक्रिया दिनुहोस्