भरतपुर अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु
बाग्मती प्रदेशस्थित चितवनको भरतपुर अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
भरतपुर महानगरपालिका–२१ बस्ने ५६ वर्षीय पुरुषको मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।कात्तिक ५ गते श्वासप्रश्वासमा समस्या भई अस्पताल भर्ना भएका उनलाई कात्तिक ८ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
उनी लामो समयदेखि मुटु तथा मिर्गौला रोगबाट समेत पीडित थिए ।