पर्सा जिल्ला प्रशासन कार्यलयमा प्रभु बैंकले सञ्चालनमा ल्यायो एक्स्टेन्सन काउण्टर
प्रभु बैंकले पर्सा जिल्ला प्रशासन कार्यलयमा आजदेखि एक्स्टेसन काउण्टर सञ्चालनमा ल्याएको छ ।
पर्साको जिल्ला स्थित विरगन्ज महानगरपालिका वडा नं – ९ जिल्ला प्रशासन कार्यलयमा स्थापित एक्स्टेन्सन काउण्टरबाट आजदेखि कारोबार सुरु भएको हो।
प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीहरुलाई रकम जम्मा गर्न र जिल्ला प्रशासन कार्यलयको काम गर्न सहज र सरल हुने भएको छ ।
प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट प्रवाहगरिने बैंकिङ्ग सेवाबाट स्थानीयबासीतथा सेवाग्राहीहरुले प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवाvउपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।
नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैंकिङ्ग कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिरहेको प्रभु बैंकले जिल्ला प्रशासन कार्यलयमा पनि आफ्नो सेवा विस्तार गर्न सफल भएको छ ।
प्रभु बैंकले २०९ वटा शाखाकार्यालय, १९४ वटा ATM,५४ वटा एक्स्टेन्सन काउण्टर तथा १७ वटा शाखा रहित बैंकिङ्ग सेवामार्फत अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ ।