Logo
७ आश्विन २०८१, सोमबार
(October 14, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लोकसेवा आयोगको विज्ञापन रोक्न सर्वोच्चको अन्तरिम आदेश

सर्वाेच्च अदालतले लोकसेवा आयोगको विज्ञापन रोक्न अन्तरिम आदेश जारी गरेको छ। आयोगले मिति २०७७ असोज २९ गतेका लागि प्रकाशित गरेको नेपाल विविध सेवा समूहअन्तर्गत राजपत्राङ्कित प्रथम श्रेणी तहको सूचना प्रविधि विज्ञ पदको लागि आन्तरिक प्रतिस्पर्धाबाट पदपूर्तिका लागि गरेको विज्ञापन रोक्न अन्तरिम आदेश जारी गरेको हो।

लिखित परीक्षामा प्रतिस्पर्धात्मक रूपमा सामेल भई उत्तीर्ण भएका तीन जना अन्तर्वार्ताको लागि सिफारिस भएका थिए। २०७७ असार ३१ गते अन्तर्वार्ताको लागि मिति तोकिएको थियो तर देशभर कोरोना भाइरसका कारण लकडाउन भएकाले अन्तर्वार्ता स्थगनको सूचना जारी भयो। स्थगित भएको परीक्षा असोज २९ गते गर्ने भनी लोकसेवा आयोगले सूचना जारी गर्‍यो।

यसरी लिखितमा नाम निस्केनेमध्येका एक जना प्रतिस्पर्धी रमेशराज सुवेदी कोरोना संक्रमित भए। कोरोना संक्रमित भएर आइसोलेनमा बसेको समयमा लोकसेवाले नयाँ परीक्षाको सूचना जारी गरेपछि उनी सर्वोच्च पुगेका थिए।

प्रकाशित मिति: Oct 14, 2020

प्रतिक्रिया दिनुहोस्