Logo
१२ पुस २०८१, शुक्रबार
(October 8, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अमेरिकी डिभी आवेदन खुल्यो, कुनै पनि कन्सल्टेन्टको सहयोग नलिन दूतावासको आग्रह

 सन् २०२२ को अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा(डिभी)को आवेदन खुलेको छ ।

नेपाली समयअनुसार बुधबार राती ९ः४५ बजे (अक्टोबर ७, २०२०) बाट आवेदन खुला भएको काठमाडौँस्थित अमेरिकी दूतावासले जानकारी दिएको हो।

दूतावासले डिभी चिट्ठा भर्नका लागि कुनै शुल्क तिर्नु नपर्ने समेत प्रष्ट पारेको छ।बुधबारबाट खुला भएको डिभी कात्तिक २५ (नोभेम्बर १०, २०२०) मा बन्द हुने छ।

डिभी भर्नका लागि आवश्यक परेअनुसार परिवारका सदस्य, साथी वा जान्नेसँग सहयोग लिन आग्रह गर्दै कुनै पनि कन्सल्टेन्टको सहयोग नलिन दूतावासले आग्रह गरेको छ।

आफै भर्न चाहनेहरुका लागि तोकिएको समयभित्र  www.dvlottery.state.gov वेवसाइटमा गएर आवेदन भर्न सकिने छ। निवेदनकले २१ वर्षभन्दा कम उमेरका सबै सन्तानको स्पष्ट विवरण राख्नुपर्ने छ।

वर्षको आवेदनमा मुख्य आवेदकको राहदानी नम्बर, जारी भएको देश र राहदानीको म्याद समाप्त हुने मिति समावेश गर्नुपर्ने दूतावासले जनाएको छ ।

एकभन्दा बढी आवेदन बुझाउने आवेदकहरू कार्यक्रमका लागि अयोग्य ठहरिने दूतावासले जनाएको छ। डिभी भरेपछि आफ्नो कन्फर्मेसन नम्बर भने सुरक्षित राख्नुपर्छ। यही नम्बरका आधारमा तपाईंलाई चिट्ठा पर्यो कि परेन भन्ने थाहा हुन्छ।

तर आफ्नो कन्फर्मेशन नम्बर कसैलाई पनि नदिन दूतावासले आग्रह गरेको छ। आवेदन दर्ता गर्दा आवेदकले आफ्नो इमेल ठेगाना पनि समावेश गर्नुपर्ने छ।

डिभीका लागि छनोटमा परे नपरेको थाहा पाउनका २०७८ वैशाख २५ गते त्यसपछिwww.dvlottery.state.gov मा गई आफ्नो कन्फर्मेशन नम्बर प्रविष्ट गर्नुपर्ने छ।

प्रकाशित मिति: Oct 8, 2020

प्रतिक्रिया दिनुहोस्