Logo
११ पुस २०८१, बिहीबार
(October 7, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोनाको खोप अन्तर्राष्ट्रिय स्तरमा प्रयोगमा ल्याउने चीनको तयारी, WHOसँग छलफल गर्दै

चीनले विकास गरेको कोरोना विरुद्धको खोपलाई अन्तर्राष्ट्रिय स्तरमा प्रयोगमा ल्याउनेबारे डब्लूएचओसँग कुरा गरेको छ ।

डब्लूएचओका अधिकारीहरुका अनुसार चीनले उक्त खोपको आपतकालिन प्रयोगका लागि डब्लूएचओसँग प्रारम्भिक छलफल गरेको थियो ।

चीनले हाल आफू खोप विकासको अन्तिम र निर्णयक चरणमा पुगिसकेको जनाएको छ । र उसले चारवटा खोप समानान्तर रुपमा विकास गरिरहेको छ ।

चीनले विकास गरेको खोप यहाँका उच्च जोखिममा रहेका हजारौँ कामदारका लागि दिइएको छ । यद्यपि त्यस खोपको क्लिनिकल परीक्षण पूर्ण रुपमा सम्पन्न भइसकेको थिएन । जुन खोपको विश्वसनीयताबारे विज्ञहरुले सुरक्षा चासो उठाएका छन्

दुई वटा राज्यनियन्त्रित कम्पनी चाइना नेश्नल बायोटेक ग्रूपले बनाएको छ भने अरु दुई खोप सिनोभेक बायोटेक र क्यानसिनो बायोलोजिक्स ग्रूपको सहकार्यमा विकास भइरहेका छन् ।

उनीहरुले ती खोप पाकिस्तान, ब्राजिल, रुस र यूएईमा परीक्षण गरेका छन् । गत महिना यूएईले चिनियाँ खोपलाई आपतकालिन परीक्षणको अनुमति दिएको हो  ।

 

प्रकाशित मिति: Oct 7, 2020

प्रतिक्रिया दिनुहोस्