Logo
६ आश्विन २०८१, आईतबार
(October 5, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भोली बस्ने नेकपा सचिवालय बैठकमा के-के हुँदैछ ?

नेकपा सचिवालय बैठक मंगलबार दिउँसो ४ बजे प्रधानमन्त्री निवास वालुवाटारमा बस्ने भएको छ।

सोमबार प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलले मंगलबार बैठक बोलाउने निर्णय गरेको हो।

यसअघि आइतबार बोलाइएको बैठक बालुवाटारमा कोरोना संक्रमणका कारण देखाउँदै स्थगित भएको थियो। मंगलबारको बैठकमा मन्त्रिपरिषद् पुनः गठन, ओलीले गरेको एक पक्षीय नियुक्ति, पार्टी एकताको बाँकी कामबारे छलफल हुने अध्यक्ष दाहालको सचिवालयले जानकारी दियो।

स्थायी समितिले मन्त्रिपरिषद् पुनः गठन गर्ने जिम्मेवारी अध्यक्षद्वयलाई दिए पनि उनीहरुबीच सहमति जुट्न सकेको छैन। सोमबार पनि मन्त्रिपरिषदबारे छलफल भए पनि सहमति जुट्न नसकेको दाहालका प्रेस सल्लाहकार विष्णु सापकोटले जानकारी दिए।

मंगलबार अध्यक्ष र महासचिवले तयार पारेको पार्टी एकताको बाँकी काम सक्ने प्रस्ताव पेश हुने र त्यसमाथि छलफल हुुनेछ। यसअघि असोज ६ गते बसेको बैठकले अध्यक्षद्वय र महासचवि विष्णु पौडेललाई दश दिनभित्र एकताको बाँकी काम कार्ययोजना पेश गर्न निर्देशन दिएको थियो।

बैठकमा ओलीले पार्टीमा छलफल नै नगरी सिफारिस गरेका तीन राजदूतबारे पनि कुरा उठाउने तयारी नेताहरुले गरेका छन्।

प्रकाशित मिति: Oct 5, 2020

प्रतिक्रिया दिनुहोस्