देशभरमा गरी आज २४ सय ४० नयाँ कोरोना संक्रमित थपिए
देशभरमा गरी आज कोरोना भाइरसका २४ सय ४० जना संक्रमित थपिएका छन् । त्यसैगरी देशभर संक्रिय संक्रमितको सख्या २३ हजार ५ सय ७ जना रहको छन्
योसंगै कुल संक्रमितको सख्या ८९ हजार २ सय ६३ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।
आजसम्म ६५ हजार २ सय २ जना संक्रमणमुक्त भएका छन् । आज ११३३ जना संक्रमणमुक्त भएको डा. गौतमले जानकारी दिए । त्यसैगरी उपत्यकामा मात्र १५३१ जना थपिएका छन् ।