Logo
६ आश्विन २०८१, आईतबार
(October 4, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री निवास बालुवाटारमा शीर्षस्थ नेताहरुबीच भेटवार्ता !

आज प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाका शीर्षस्थ नेताहरुबीच भेटबार्ता भएको छ ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा कोरोना भाइरसको जोखिम उच्च रहेकै बेला आइतबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओली, कार्यकारी अध्यक्ष प्रचण्ड, महासचिव विष्णु पौडेल, मुख्यमन्त्री शंकर पोखरेल र जनार्दश शर्माबीच भेटवार्ता भएको हो ।

शनिबार प्रधानमन्त्रीका सल्लाहकारसहित ६७ जनालाई कोरोना पोजेटिभ देखिएको भन्दै ९ सदस्यीय सचिवालयको बैठक रोकिए पनि ५ जना नेताहरुवीच आइतबार बालुवाटारमै छलफल भयो ।

महासचिव पौडेलले अध्यक्षद्वयसँग दाङमा राजधानी राख्ने निर्णयबारे पुनर्विचार गर्न आग्रह गरेका हुन् ।

महासचिव पौडेलले बुटवलमै राजधानी रहनुपर्ने माग राखे पनि अध्यक्षद्वय ओली र प्रचण्डले दाङमै राजधानी राख्न सहमित जनाइसकेका छन् । अध्यक्षद्वयले यसबारे सर्कुलर नै पठाइसकेको स्रोत बताउँछ ।

बालुवाटारको भेटपछि मुख्यमन्त्री पोखरेल आइतबारै बुटवल फर्किएका छन् । प्रदेश ५ मा राजधानी दाङ राख्ने कि बुटवल भन्ने विवाद चर्किइरहेको छ ।

दाङलाई राजधानी बनाउने विषयमा आफ्नै दलभित्रबाट विरोध हुनुका साथै नेपाली कांग्रेस आन्दोलनमा उत्रिएपछि मुख्यमन्त्री पोख्रेल हठात् काठमाडौं आएर बुटवल फर्केका हुन् ।

राजदूत नियुक्ति र मन्त्रिपरिषद पुनर्गठन लगायतका विषयमा छलफल गर्न शनिबार बस्ने भनिएको सचिवालय बैठक तयारी नपुगेको भन्दै आइतबारलाई सारिएको थियो । तर, आइतबार कोरोनाको जोखिम देखाएर सचिवालय बैठक स्थगित भएको थियो ।

प्रकाशित मिति: Oct 4, 2020

प्रतिक्रिया दिनुहोस्