Logo
६ आश्विन २०८१, आईतबार
(October 4, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उपत्यकाभित्र सवारी जाँचपासमा झनै कडाई गरिने

कोरोना नियन्त्रण बाहिर गएपछि उपत्यकाभित्र सवारीजाँचपासमा झनै कडाई गरिने भएको छ ।

उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले भदौ २५ बाट लागू हुनेगरी उपत्यकाभित्र जोर–बिजोर प्रणालीअनुसार सवारी सञ्चालन गर्ने निर्णय गरे अनुसार कडाइ गरिने भएको हो ।

आज पनि काठमाडौं, ललितपुर र भक्तपुरभित्र चल्ने सवारी साधनलाई प्रहरीले कडाईका साथ चेकजाँच गरिरहेको छ ।

सवारी जाम बढ्न थालेपछि जोर–बिजोर प्रणालीलाई प्रभावकारी बनाउन जाँचमा कडाइ गरिएको ट्राफिक प्रहरीले जनाएको छ । नियम अनुसर जोर–बिजोर प्रणालीमा सञ्चालन नहुने सवारीलाई होल्डमा राख्ने गरिएको छ ।

दिउँसो सवा १२ बजेसम्मको तथ्याङ्क अनुसार ट्राफिक कारबाहीमा ८ सयभन्दा बढी सवारी परेका छन् । करिब ७ सय मोटरसाइकल र स्कुटर रहेका छन् । होल्ड गरिएको सवारीलाई साँझ ८ बजेमात्रै छाड्ने बताइएको छ ।

संक्रमणको जोखिम बढ्दै गएकाले जोर विजोर प्रणाली पूर्णरुपमा पालना गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ । पछिल्ले समय उपत्यकामा संक्रमितको संख्या बढ्दै गएपनि निषेधाज्ञा खुकुलो भएपछि भीडभाड बढिरहेको छ ।

प्रकाशित मिति: Oct 4, 2020

प्रतिक्रिया दिनुहोस्