नेकपाको सचिबालय बैठक अर्को सूचना नआउन्जेलसम्म स्थगित
नेकपाको आज आइतबार ४ बजे बस्ने भनेकोे सचिबालय बैठक स्थगित भएको छ ।
आइतबार ४ बजेका लागि बोलाइएको बैठक स्थगित भएको नेकपाले जनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीका तीनजना सल्लाहकार, सचिवालयका कर्मचारी र केही सुरक्षाकर्मीमा कोरोना संक्रमण भएपछि बैठक स्थगित भएको हो।
प्रधानमन्त्री केपी शर्मा ओली शनिबारदेखि आइसोलेशनमा बसेका छन् । राजनीतिक नियुक्ति र मन्त्रिपरिषद पुनर्गठन लगायतका विषयमा छलफलका लागि बोलाइएको सचिवालय बैठक स्थगित भएको हो ।
बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको हो।