Logo
१६ कार्तिक २०८१, शुक्रबार
(October 4, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बाँकेमा उपचाररत २९ वर्षीया सुत्केरीको कोरोना संक्रमणका कारण मृत्यु

file photo

प्रदेश नं ५ स्थित बाँकेको कोहलपुरमा उपचारको क्रममा कञ्चनपुरकी २९ वर्षीया सुत्केरीको कोरोनाका कारण मृत्यु भएको छ।

गर्भवती हुँदा नै निरन्तर रक्तश्राव भइरहेकी २९ वर्षीया महिलाले जुम्ल्याहा बच्चा जन्माएकी थिइन्।बच्चा जन्माएपछि पनि रक्तश्राव नरोकिएपछि उनलाई कोहलपुर मेडिकल कलेजमा रिफर गरिएको थियो।

सेती अस्पतालमै बच्चा जन्माएकी महिलाको अशोज १४ गते पीसीआर जाँच गरिएको थियो । जसको रिपोर्ट पोजिटिभ आएको थियो । कञ्चनपुरको महेन्द्रनगर निवासी महिलालाई १५ गते कोहलपुरमा ल्याइएको थियो।

कोहलपुरमा ल्याउँदा महिला बेहोस थिइन्। उनको आइतबार बिहान ४ः३० बजे मृत्यु भएको बाँके जिल्ला स्वास्थ्य कार्यालय स्रोतले जानकारी दिएको छ ।

स्रोतका अनुसार, बाहिरी जिल्लाबाट उपचार गराउन आउँदा बाँकेका मृत्यु हुनेको संख्या ९ पुगेको छ। यसैबीच, आइतबार बाँकेमा १८ जना डिस्चार्ज भएका छन्।

प्रकाशित मिति: Oct 4, 2020

प्रतिक्रिया दिनुहोस्