केन्द्रिय नेताहरुमा देखिन थाल्यो कोरोना संक्रमण : नेकपा र काँग्रेसको निर्धारित बैठक हुनेमा अन्यौल
राजनीतिक दलका केन्द्रिय नेताहरुमा कोरोना संक्रमण देखिन थालिएपछि सत्तारुढ नेकपा र प्रतिपक्षी दल नेपाली काँग्रेसको हुने भनिएको बैठकबारे अन्यौलता बढेको छ ।
प्रधानमन्त्रीका सल्लाहकारहरु समेत उनका सरकारी निवासमा कार्यरत कयौमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी नेपाली काँग्रेसका केन्दीय सदस्यमध्ये केही संक्रमितक भेटिएका छन् ।
१९ असोजबाट बस्ने तय भएको केन्द्रीय कार्यसमिति बैठकको तयारी स्वरुप स्वाब संकलन गर्दा यस्तो पत्ता लागेको हो ।संक्रमित हुनेहरीमा अर्जन नरसिंह केसी, गगान थापा लगायत रहेका छन् ।
केन्द्रीय सदस्यहरु कोरोना सक्रमित पत्ता लागेपछि काँग्रेसको आगामी बेठकबारे समेत अन्यौल उत्पन्न भएको छ । यता, आज बस्ने भनिएको नेपाल कम्युनिस्ट पार्टी सचिवालय बैठक सारिएको छ ।
अपरान्ह ४ बजे बस्ने भनिएको बैठक भोलिका लागि सरेको छ । बैठक किन सर्यो भन्नेमा शंका उपशंका बढ्यो । तर, साँझपनि प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव विष्णु रिमालसहित ७६ जना कोरोना संक्रमित भएको खुल्यो ।
बालुवाटारमा तय भएको बैठक सर्नुमा कोरोना भाइरसको संक्रमण पनि कारण हो । अब भोलि बस्ने बैठकबारे समेत अन्यौल भएको छ । बालुवाटारमा कोरोना फैलिएपछि यहाँ नहुनसक्छ ।
त्यसमाथि प्रधानमन्त्री ओली नियमित सम्पर्कमा आउनेहरु संक्रमित भएपछि सतर्कता अपनाउनुपर्ने हुन्छ । यसकारण पनि भोलिको नेकपा सचिवालय बैठक अन्यौलमा परेको छ ।
नेकपा सचिवालय बैठक आइतबार हुनेमा समेत शंका छ । कोरोना संक्रमित बढेपछि बालुवाटार उत्तम स्थान होइन । यतिबेला नेताहरु धमाधम संक्रमित हुन थालेपछि बैठकहरुबारे नै अन्यौल बढेको छ ।