२४ घण्टामा थप २१२० जनामा कोरोना संक्रमण, ८ को मृत्यु
नेपालमा पछिल्लो २४ घण्टामा थप २१२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २ हजार १ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए।
योसँगै संक्रमितको कुल संख्या ८४ हजार ५७० पुगेको छ। २४ घण्टामा २ हजार ४४ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ।
नेपालमा एकै दिन आठ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ५ सय २८ पुगेको छ।
७ वटा जिल्लाका २ महिला र ६ पुरुष गरी ८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
नेपालमा कुल संक्रमितमध्ये मृत्यु हुने दर ०. ६२ प्रतिशत छ। देशभर २१ हजार ३०२ जना सक्रिय संक्रमित छन्।