Logo
६ आश्विन २०८१, आईतबार
(October 3, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्थायी राजधानीको प्रस्तावविरुद्ध कांग्रेसद्वारा रूपन्देही बन्दको घोषणा

प्रदेश सरकारले प्रदेशको स्थायी राजधानी दाङ देउखुरी बनाउने प्रस्ताव प्रदेशसभामा पेस गरेको विरोधमा नेपाली कांग्रेसले भोलि रूपन्देही बन्द गर्ने निर्णय गरेको छ ।

आज बुटवलमा बसेको कांग्रेसको बैठकले १९ वटै वडामा आज साँझ राँके जुलुस गर्ने र भोलि रूपन्देही बन्द गर्ने निर्णय गरेको हो । कांग्रेस रूपन्देहीको शनिबार बुटवलमा बसेको बैठकले विभिन्न आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गर्दै युवा, विद्यार्थी तथा उद्योगी व्यवसायीसँग छलफल अगाडि बढाएको छ ।

आज राँके जुलुस, भोलि रूपन्देही बन्द तथा नेकपाका सांसदका घर अगाडि कालो झण्डा प्रदर्शन, १९ गतेदेखि प्रदेशसभा घेराउ लगायतका कार्यक्रम गर्ने निर्णय भएको कांग्रेस नगर सभापति खेलराज पाण्डेयले जानाकारी दिए ।

 

प्रकाशित मिति: Oct 3, 2020

प्रतिक्रिया दिनुहोस्