Logo
६ आश्विन २०८१, आईतबार
(September 27, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

१४ दिनदेखि अनशनरत डाक्टर गोविन्द केसीको जीवन रक्षा गर्न सरकारसँग अपिल

१४ दिनदेखि अनशनरत डाक्टर गोविन्द केसीको जीवन रक्षा गर्न ३३ जना नागरिकहरूले सरकारसँग अपिल गरेका छन्।

आइतबार विज्ञप्ति जारी गर्दै १९ औँ पटक अनसन बसेका डा. केसीको स्वास्थ्य अवस्था दिनप्रतिदिन खस्किँदै गएका कारण जुनसुकै समयमा पनि परिस्थिति गम्भीर बन्न सक्ने भन्दै उनीहरूले सरकारको ध्यानाकर्षण गरेका हुन्।

उनीहरूले यसअघि केसीसँग गरेका सम्झौता कार्यान्वयन गर्न सरकारसँग माग समेत छन्।

डाक्टर केसीको गिर्दो स्वास्थ्य अवस्थालाई ख्याल गरी तत्कालै उनको जीवन रक्षा गर्न र उनले उठाएका मागहरु सम्बोधन गर्न विज्ञप्तिमा भनिएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘१४ दिनअघि जुम्लाको चन्दननाथ नगरपालिका–६ स्थित बाबिरा मष्ट मन्दिरबा अनसन सुरु थाल्नु भएको डा. केसीको स्वास्थ्य अवस्था त्यहीँ कमजोर बनेर असोज छ गते काठमाडौँ ल्याइएको तथ्य जान्दाजान्दै, अर्को एक साता बित्दासम्म पनि सरकारले चासो नदिएकामा हामी चिन्तित बनेका छौँ।’

पूर्वप्रधानन्यायाधिशहरू कल्याण श्रेष्ठ, सुशीला कार्की, पूर्व सभामुख दमननाथ ढंगाना, डा. केदारनरसिंह केसी लगायत ३३ जनाले अपिल जारी गर्दै डाक्टर केसीको जीवन रक्षाको माग गरेका हुन्।

प्रकाशित मिति: Sep 27, 2020

प्रतिक्रिया दिनुहोस्