Logo
६ आश्विन २०८१, आईतबार
(September 21, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नयाँ मन्त्री छान्न ओली–प्रचण्डबीच बालुवाटारमा घनिभूत छलफल

नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपि शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल भएको छ।

सोमबारका लागि तय गरिएको पार्टीको सचिवालय बैठक स्थगित गरेर दुई अध्यक्ष आपसी छलफलमा बसेका हुन्। नयाँ मन्त्री कसलाई बनाउने र भएका कसलाई हटाउने भन्नेबारे ओली र प्रचण्डबीच प्रधानमन्त्री निवासमा दुई घन्टा छलफल भएको थियो।

आइतबार बसेको सचिवालय बैठकले मन्त्रिमण्डल पुनर्गठन गर्दा नाम चयन गर्ने अधिकार अध्यक्षद्वय ओलि र प्रचण्डलाई दिएको थियो।

ओलि र प्रचण्ड दुवैले मन्त्रिमण्डल पुनर्गठनको विषय छिटोभन्दा छिटो टुंग्याउन चाहेको नेताहरुको भनाइ छ।

प्रकाशित मिति: Sep 21, 2020

प्रतिक्रिया दिनुहोस्