नेकपाको सचिवालय बैठक आइतबारसम्मका लागि स्थगित
नेकपाको सचिवालय बैठक आइतबारसम्मका लागि स्थगित भएको छ ।
शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको सचिवालय बैठक आइतबार बिहान ११ बजे बस्ने स्थगित भएको महासचिव विष्णु पौडेलले जानकारी दिए ।
यसअघिका धेरैजसो बैठक प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको सरकारी निवासमा बस्ने गरे पनि तत्कालीन एमाले र माओवादी एकतापछि पहिलोपटक तत्कालीन माओवादीको पार्टी मुख्यालय पेरिसडाँडामा बस्ने तय भएको छ ।
यसअघि सचिवालय र स्थायी कमिटिको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दै आएको थियो।बैठकले पार्टी एकताका बाँकी कामको विषयमा छलफल गर्ने उनले बताए ।