मोदीजी ! म तपाईको राम्रो स्वास्थ्य र खुशी चाहान्छु : ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई जन्मदिनको उपलक्ष्यमा शुभकामना दिएका छन् ।
प्रधानमन्त्री अोलीले आफ्नो ट्वीटरमार्फत प्रधानमन्त्री मोदीको जन्म दिनको शुभकामना दिँदै स्वास्थ्य र खुशीको लागि कामना पनि गरेका छन् ।
उनले दुई देशबीचको सम्बन्धलाई अझ बलियो बनाउन मिलेर काम गर्ने पनि बताएका छन् । प्रधानमन्त्री मोदी आज ७० वर्षमा प्रवेश गरेका छन् ।