Logo
६ आश्विन २०८१, आईतबार
(September 15, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

२४ घण्टामा १४५९ कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ४५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

मंगलबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले थप १ हजार ४५९ जनामा कोरोना स‌ंक्रमण पुष्टि भएको बताए।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५६ हजार ७८८ पुगेको छ। आज देशभरमा सक्रिय संक्रमितको संख्या १५ हजार ७७९ रहेको छ।

पछिल्लो २४ घण्टामा थप १० हजार ३७५ पीसीआर परीक्षण भएसँगै नेपालमा पीसीआर परीक्षणको संख्या ८ लाख ६१ हजार ७८० पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ६२ जना कोरोना भाइरस संक्रमित निको भएका छन्। योसँगै कोरोना संक्रमण निको हुनेको संख्या ४० हजार ६३८ पुगेको छ।

यो कूल संक्रमितमध्येका ७१.५ प्रतिशत हो।

प्रकाशित मिति: Sep 15, 2020

प्रतिक्रिया दिनुहोस्