Logo
१७ कार्तिक २०८१, शनिबार
(September 15, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारको प्रवक्ताको जिम्मेवारी परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई

प्रधानमन्त्री केपी शर्मा ओलीले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई सञ्चारमन्त्री नियुक्त नहुँदासम्म सरकारको प्रवक्ताको जिम्मेवारी दिएका छन् ।

प्रधानमन्त्रीले सञ्चारमन्त्री नियुक्त नहुँदासम्म प्रवक्ताको जिम्मेवारी दिएको ज्ञवालीले जानकारी दिएका छन् ।

“यो अस्थायी प्रबन्ध हो । सञ्चारमन्त्री नियुक्त नहुँदासम्मका लागि प्रधानमन्त्रीले त्यसअनुसार प्रबन्ध गर्नुभएको हो,” उनले भने ।

“मन्त्रिपरिषद् बैठकले निर्णय गरेर होइन, प्रधानमन्त्रीले तोक्नुभएको हो । यो सञ्चार तथा सूचना प्रविधिमन्त्री नियुक्त नगर्दासम्मका लागि हो,” प्रधानमन्त्रीको सचिवालयले भन्यो ।

प्रधानमन्त्रीको सचिवालयले पनि मन्त्रिपरिषद् बैठकले निर्णय गरेको नभई तोकिएको जानकारी दियो ।गत फागुन २० गते युवराज खतिवडाले संवैधानिक प्रावधानअन्तर्गत राजीनामा दिएपछि प्रवक्ता तोकिएको थिएन ।

मन्त्रिपरिषद्‍ले यस सम्बन्धमा कुनै निर्णय नभएको एक मन्त्रीले जानकारी दिएका थिए । अर्थ र सञ्चार मन्त्रालयको जिम्मेवारी भने प्रधानमन्त्री आफैंले सम्हालिरहेका छन् ।

प्रकाशित मिति: Sep 15, 2020

प्रतिक्रिया दिनुहोस्